फ्रान्सेली राजदुत भर्जिनी कार्टेभललाई उदयपुरको बेलकामा गरियो स्वागत

 फ्रान्सेली राजदुत भर्जिनी कार्टेभललाई उदयपुरको बेलकामा गरियो स्वागत

 

२७ फागुन बेलका । नेपालका लागी फ्रान्सेली राजदूत भर्जिनी कार्टेभललाई बेलका नगरपालिकामा नगर प्रमुख अशोक कार्की र नगर उप-प्रमुख जिरा राईले स्वागत गर्नु भएको छ ।

नगर प्रमुख कार्कीको अनुरोध ACF Nepal kaa country director डा. ओजस्वी आचार्यको पहल संगै बेलका नगरपालिकामा संचालित साहारा नेपालको सहयोगमा बहुक्षेत्रिय पोषण सम्बन्धि कार्यक्रम अनुगमन र विपद प्रभावित क्षेत्रमा भएगरेको कार्यक्रमको अवलोकनका लागि कोर्टेभललाई नगरको सभाहलमा स्वागत गरेको हो ।

राजदूत कोर्टभोलले नेपाल र फ्रान्सबीच राम्रो सम्बन्ध रहेको उनले बताईन । कोर्टेभले पहिलो पटक स्थानीय तहहरु मध्येमा भ्रमण गर्ने क्रममा बेलका नगरपालिकालाई रोजेको बताउनु भयो ।

कार्यक्रममा डा आचार्यले ACF Nepal को तर्फबाट बेलका नगरपालिकामा भए गरेका पोषण सम्बन्धिका कामको चर्चाका साथै आगामी आ व मा गर्ने कार्यक्रमको बारेमा सुझाउनुभएको थियो । बेलका नगर उप प्रमुख राईले नगरपालिकाले महिला बालबालिका र पोषण सम्बन्धि नगरपालिकाले गरेको अभ्यास र अनुभव संगै आएका चुनौतीको विषयमा जानकारी गराउनु भयो ।

कार्यक्रममा बेलका नगरपालिका वडा नं.२ का वडा अध्यक्ष कार्यपालिका सदस्यहरु, विषयगत शाखा प्रमुखहरु, निमित्त प्रमुख प्रशासकिय अधिकृत लगायतको उपस्थिति रहेको थियो । नगर अस्पतालमा पोषण सम्बन्धि विविध कार्यक्रमहरुको आयोजना गरि पोषणयुक्त बालबालिका अभिभावकलाई मायाको चिनो, नगद पुरस्कार सहित सम्मान समेत गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *