बेलकामा निःशुल्क योग शिविर सञ्चालन हुने
फागुन २९, बेलका। उदयपुरकाे बेलका नगरपालिकामा यहीँ चैत्र ३ देखि ९ गतेसम्म निःशुल्क वृहत योग विज्ञान एवं स्वास्थ्य जागरण शिविर कार्यक्रमको आयोजना हुने भएको छ।
बेलका नगरपालिकाको आयोजनामा हुन गइरहेको यस शिविरमा पतञ्जलि योग समिति उदयपुरको तत्वधान र ब्रदरहुड फुटबल क्लबको सहयोग रहेको छ।
बेलका -०६ को बुद्धचोकको खेलमैदानमा बिहान ४:३० बजेदेखि ६:३० बजेसम्म सञ्चालन हुनेछ। यस शिविरमा ब्लड प्रेसर, चीनी रोग, ग्यास्ट्रिक, कब्जियत। बावसिर, ढाडको दुखाइ, कम्मरको दुखाई घुँडाको दुखाई, डिप्रेसन, तनाव चिन्ता तथा छालासम्बन्धी समस्या। महिनावारी गडबडी, निसन्तानपन, पाठेघरको समस्या जस्ता रोगहरूका पीडितहरुले लाभ उठाउन सक्ने
छन्