डिग्री क्याम्पसको स्ववियु सभापतिमा अखिल क्रान्तिकारीका तर्फबाट प्रितम साहको उम्मेदवारी

डिग्री क्याम्पसको स्ववियु सभापतिमा अखिल क्रान्तिकारीका तर्फबाट प्रितम साहको उम्मेदवारी

फागुन २९, बेलका। यहीँ चैत्र ५ मा हुने स्ववियु निर्वाचनमा डिग्री क्याम्पस विराटनगरको स्ववियुको अध्यक्ष पदका लागि अखिल क्रान्तिकारीको तर्फबाट प्रितम साहले उम्मेदवारी दिएका छन्।

पुर्वान्चल विश्वविद्यालय स्कुल अफ इन्जिनियरिङबाट कम्प्युटर इन्जिनियरिङ्गमा स्नातक तह पूरा गरेका साह किशोरावस्थादेखि नगर बाल क्लब संजाल, जिल्ला बाल क्लव नेटवर्क, सुनौलो अवसर युवा क्लव, खगोल तथा अन्तरिक्ष अध्ययन अनुसन्धान समिती, बिराट युवा जागरुक मन्च जस्ता संस्थाहरुमा सकृय भई सामाजिक क्षेत्रमा युगदान पुर्याउँदै आएका थिए।

पछिल्लो समय विद्यार्थी संगठनहरुले विद्यार्थी आन्दोलनको सहि मर्मलाई नबुझ्दा विद्यार्थी संगठनहरुमाथी निकै प्रश्नहरु खडा हुने गरेका छन्। यस प्रकारका प्रश्नहरुलाई चुनौती दिदैँ समग्र विद्यार्थी आन्दोलनको सहि अर्थ र मर्म बमोजिम शसक्त बनाइदैँ लैजाने कुरामा अध्यक्षका उम्मेदवार साहले बताउनुभयो।

साह हाल अखिल क्रन्तिकारीको विराटनर महानगरपालिका स्तरीय कमिटीको अध्यक्ष समेत हुन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *