बेलकामा निःशुल्क योग शिविर एवम् स्वास्थ्य जागरण कार्यक्रको उदघाटन
चैत्र २, बेलका। बेलका नगरपालिकामा आईतवार विहान वृहत निःशुल्क योग विज्ञान एबम् स्वास्थ्य जागरण कार्यक्रम उदघाटन भएको छ। विहानको ४ बजेदेखि ६ बजेसम्म बेलका -०६, बुद्ध चोकको फुटबल ग्राउन्दस्थित आगामी चैत्र ९ गतेसम्म लगातार रुपमा यस शिविर सञ्चालन हुने कार्यक्रम सचिव जानुका कार्की ज्यूले जनाउनु भयो।
नागरिकहरुका स्वस्थ्याका लागि नगरपालिकाले नै योग शिविर सञ्चालन गरिनु निकै नै महत्वपूर्ण विषयको उठान गरेको कोशी प्रदेश माननीय भीम पराजुली ज्यूले जनाउनुभयोे
बेलका नगरपालिकाको आयोजना र पतञ्जलि योग उदयपुर समितिको तत्वधानमा यस शिविर सञ्चालन भएको हो। कोशि प्रदेश सभा माननीय भीम पराजुलीको प्रमुखबातिथ्यतामा भएको यस कार्यक्रममा बेलका नगरपालिकाको नगर प्रमुख अशोक कार्की, उप प्रमुख जिरा राई, ३ न वडा अध्यक्ष टंक प्रसाद आचार्य ज्यु तथा विभिन्न राजनीतिक पार्टीका नेतागणहरु समेतको सहभागीता रहेको थियो।