निर्वाचन समितिका सदस्य टंक तामाङ र कुमार थापाद्धारा आचारसंहिता उल्लंघन; सन्दर्भ सप्सप्तकोशी सामुदायिक वन

निर्वाचन समितिका सदस्य टंक तामाङ र कुमार थापाद्धारा आचारसंहिता उल्लंघन; सन्दर्भ सप्सप्तकोशी सामुदायिक वन

 

चैत्र ३, बेलका ।सप्तकोशि बेलका सामुदायिक वन उपभोक्ता समितिको नयाँ कार्यसमिति चयनका लागि अध्यक्ष पदका लागि हुन गइरहेको निर्वाचनमा सोही निर्वाचन समितिका सदस्य रहेका टंक तामाङ र कुमार थापाले एक उम्मेदवारको  प्रतिवद्वताको भिडियो सामाजिक सञ्जालमा शेयर गरी उक्त निर्वाचन समिति सदस्य स्वयम् नै एक उम्मेदवारका पक्षमा लागि परेको देखिएको छ।

निर्वाचन समितिका संयोजक बालाजित राई भन्नुहुन्छ – “ उहाँहरूले निर्वाचन आचारसंहिताबारे थाहा नभएर त्यस्तो गर्नुभएको हुनसक्छ, यसलाई खास ठूलो मुद्दा नबनाउँदा नै राम्रो हुन्छ।”

निर्वाचन समितिका सदस्य तथा सामुदायीक वन उपभोक्ता महासंघको केन्द्रीय समिति सदस्य यशोधरा पोखरेल ज्यूका अनुसार “निर्वाचन समितिमा बसिससकेपछि हामी कसैले उल्लंघन गर्नुहुँदैन, गर्दैनौँ पनि उहाँहरूले अन्जानमा गर्नुभयो होला तर नगरिनुपर्थ्यो।”

सामुदायीक वन उपभोक्ता महासंघको बेलका नगरपालिका स्तरीय समितिका अध्यक्ष मनोज तामाङ ज्यूका अनुसार “कुनैपनि उम्मेदवारका कुनै पनि सामग्रीहरु निर्वाचन समितिका सदस्यहरुद्वारा सामाजिक सञ्जालमा पोष्ट अथवा शेयर गरिनु सरासर निर्वाचन आचारसंहिता विपरीत कार्य हो।”

निर्वाचन आचारसंहिता संहिता उल्लंघन गर्ने टंक तामाङ स्वयम् सामुदायीक वन उपभोक्ता महासंघको प्रदेश स्तरीय समितिका सदस्य हुन् भने कुमार थापा सोही सामुदायिक वन समितिको पूर्व अध्यक्ष समेत हुन्।

शनिवार निर्वाचन समिति सदस्य टंक तामाङले एक उम्मेदवारका प्रतिवद्वताको भिडियो पोष्ट शेयर गरेका थिए। निर्वाचन समितिको सदस्यले नै उम्मेदवारबारे सामाजिक सञ्जालमा पोष्ट शेयरपछि निर्वाचनको निष्पक्षतामाथि प्रश्न चिन्ह र उम्मेदवारप्रति पक्षपाती व्यवहार देखिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *