उदयपुरको बेल्टारमा आगलागी हुँदा तीन घर जलेर नष्ट
चैत ५, बेलका । उदयपुरको चौदण्डिगढी नगरपालिका-७, बेल्टार बजारको पारुहाङ चोकमा मङ्गलबार दिउसो भएको आगलागीमा तीन वटा घर जलेर नष्ट भएको छ ।
स्थानीय शरण राईको घरमा विद्युत सर्टभइ आगलागी हुँदा छिमेकी सर्वधन राई र कालुमान राईकोसमेत घर जले नष्ट भएको हो ।
जस्ता पाताले छाएको काठको दुई तल्ले घरमा दिउँसो २ बजे आगलागी भएको थियो । आगो लागेको झण्डै २ घण्टा पछि स्थानीयवासी, प्रहरीको सहयोगमा आगोलाई नियन्त्रणमा लिएको थियो ।
क्षतिको विवरण संकलन भैरहेको छ भने भौतिक सामाग्री क्षती भए पनि मानबिय क्षती भने नभएको प्रहरीले जनाएको छ ।