नारद आदर्श शिक्षा क्याम्पसको स्ववियू निर्वाचनमा ज्ञान्दिल राई सहितको संयुक्त प्यानल बिजयी
चैत्र ५, बेलका। उदयपुरको नारदमुनि शिक्षा क्याम्पस, बसाहामा भएको स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा संयुक्त प्यानल (अखिल क्रान्तिकारी, नेविसंघ र स.वि.यु) बिजयी भएका छन्।
संयुक्त प्यानलका अखिल क्रान्तिकारीका उम्मेदवार सभापतिमा ज्ञानदिल थुलुङ्ग राई, नेविसंघका उम्मेदवार सचिवमा लोकेश राउत र कोषाध्यक्षमा स. वि. यू. का सजिना राई बिजयी हुनु भएको छ।
यस पटक उदयपुरको क्याम्पसहरुमध्य एक मात्र क्याम्पस नारद आदर्श शिक्षा क्याम्पसमा मात्र स्ववियूको चुनाव भएको हो।