३ महिनापछि कोरियाबाट फर्केका बेलकाका युवालाई उदयपुर सेवा समाज दक्षिण कोरियाद्धारा सहयोग

३ महिनापछि कोरियाबाट फर्केका बेलकाका युवालाई उदयपुर सेवा समाज दक्षिण कोरियाद्धारा सहयोग

 

चैत्र ६, बेलका। उदयपुर सेवा समाज दक्षिण कोरियाले स्वास्थ्य अवस्था ठीक नभएपछि दक्षिण कोरियाबाट फर्किएका बेलका -०४, हरिपुरका रमेश कोईरालालाई स्वास्थ्य उपचारका निमित्त ८४ हजार ९ सय चालीस रुपैयाँ रकम सहयोग प्रदान गरेको छ। कोईरालाको स्वास्थ्य उपचारमा सहयोग पुर्याउने उद्धेश्यले उनका घरपरिवारलाई सो रकम सहयोग गरेको सेवा समाजका प्रतिनिधि उमेश बस्नेतले जानकारी दिए।

 

सहयोग रकम रामपुर परेलीका युवाहरुद्वारा कोईरालाका घरपरिवारमा भएका बुवा-आमालाई हस्तान्तरण गरिएको हो। रोजगारीको शिलशिलामा गत मंसिर महिनामा दक्षिण कोरिया पुगेका थिए। त्यसपश्चात ३ महिना कम्पनीमा काम गरीसकेपछि उनको मानसिक स्वास्थ्यमा समस्या आएको थियो। त्यसपछि कोईराला नेपाल आएका थिए।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *