आईपीएल क्रिकेटमा आज दिल्ली र लखनउ खेल्दै

११ चैत, काठमाडौं । भारतमा जारी १८औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटअन्तर्गत आज एक खेल हुँदैछ ।

आज दिल्ली क्यापिटल्स र लखनउ सुपर जायन्ट्सबीच खेल हुनेछ । खेल बेलुकी पौने ८ बजेदेखि एसिए भिडिसिए क्रिकेट रंगशाला विशाखापट्नममा सुरु हुनेछ ।दिल्ली र लखनउ दुवै टोली यसपटक नयाँ कप्तानका साथ खेल्दै छन् । अक्षर पटेल दिल्लीको कप्तान छन् भने यसअघि दिल्लीको कप्तान रहेका रिषभ पन्त यसपटक लखनउमा छन् ।दुवै टोलीले हालसम्म आईपीएलको उपाधि जितेका छैनन् । लखनउ सन् २०२२ मा भित्रिएको नयाँ फ्रेन्चाइज हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *