बेलका नगरपालिकाको सूचना प्रकाशन: अनुदानमा उन्नत जातको धानको बीउ वितरण गरिने सम्बन्धी 

बेलका नगरपालिकाको सूचना प्रकाशन: अनुदानमा उन्नत जातको धानको बीउ वितरण गरिने सम्बन्धी 

 

चैत्बेर १०, उदयपुर. लका नगरपालिकाले कृषक, कृषि समूह, कृषि फर्म तथा कृषि सहकारी संस्थाहरूका लागि धान बाली खेतीको क्षेत्र विस्तार गर्न तथा किसानहरुलाई अनुदानमा धानको बीउ वितरण गर्नका लागि सोमबार सूचना प्रकाशन गरेको छ। किसान तथा सम्बन्धित लाभग्राहीहरुले सूचना प्रकाशन गरिएको १५ दिन भित्र अर्थात यहीँ चैत्र २५ गतेभित्र आ – आफ्ना वडा कार्यालयमा गई तथा वडा न ६ र वडा नं ९ का किसानहरूले बेलका नगरपालिकाको कार्यालयको कृषि शाखा, रामपुरमा गई आवश्यक कागजातका साथा आवेदन फाराम बुझाउनुपर्नेछ। 

 

व्यक्तिगत किसानहरूका हकमा किसानहरुले धान बाली लगाईने जग्गाको क्षेत्रफलसहित धनी पुर्जा तथा ऐलानी जग्गाको हकमा जग्गाको निस्साको प्रतिलिपि, जगाधनिको नागरिकताको प्रतिलिपि र सुचनसहित प्रकाशन गरिएको  अनुसूची १ बमोजिमको माग निवेदन पेश गर्नुपर्नेछ। विकिरण हुने धानका बीउहरूमध्य राधा -१२, सुख्खा -३, स्वर्ण सव -१, राम धान, घैया -०३ जातहरुका धानका बीउ वितरण हुनेछ। 

 

त्यसैगरी कृषि फर्म, कृषि सहकारी तथा कृषक समूहका हकमा भने, अनुसूची १ बमोजिमको आवेदन फाराम, संस्थाको प्रमाणपत्र, पान नं प्रमाणपत्रको प्रतिलिपि, कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि,सम्बन्धित वडा कार्यालयको सिफारिस तथा जग्गाको प्रमाणपत्रको प्रतिलिपि पेश गर्नुपर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *