काठमाडौ उपत्यकामा रहने साविकको तपेश्वरीवासीहरुले यहीँ चैत्र १६ गते वनभोज कार्यक्रम आयोजना गर्दै
चैत्र १२, काठमाडौँ। हाल काठमाडौंमा रहने साविकका तपेश्वरी वासीहरु तथा बेलका नगरपालिका वडा नं १ र २ का वासीहरुले यहीँ चैत्र १६ गतेका दिन भक्तपुरको सल्लाघारीमा भेट्घाट, शुभकामना आदानप्रदानसंगै रमाईलोसहितको वनभोज कार्यक्रमको आयोजना गरेका छन्।
कार्यक्रम आयोजना गर्ने समूहका संयोजक प्रेम कार्कीका अनुसार “पुराना साथीभाई, दाजुभाई, नरनाता तथा नयाँ पुस्तासँग भेट्घाट, चिनजान र शुभकामना आदानप्रदान गर्दै तपेश्वरी वासीहरु एकत्रित हुने उद्धेश्य रहेको जनाउनुभयो।
यस कार्यक्रममा साविकका तपेश्वरी वासिसँगै हालको बेलका नगरपालिकाभित्रका व्यक्तिहरू समेत सहभागी हुनसक्ने कार्यक्रमका सह संयोजक अविस खतिवडाले जनाउनुभयो। कार्यक्रममा सहभागी हुने इच्छुक व्यक्तिहरूले 9842988080/ 9827769841यस नंबरमा सम्पर्क गर्न सकिने जनाइएको छ।