१३ चैत, काठमाडौं । चीनको तिब्बत क्षेत्रमा बुधबार साँझ भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीका अुनसार नेपाली समय साँझ ६ः२७ बजे ५.५ म्याग्निच्युडको भूकम्प गएको हो ।नेपालको उत्तरपूर्वी सीमानजिकै सिजाङ स्वशासित क्षेत्रको डिङ्गयी काउन्टी केन्द्र भएर भूकम्प गएको बताईएको छ। उक्त भूकम्पको धक्का काठमाडौंमा पनि महसुस भएको थियो ।