काठमाडौं : राजावादी समर्थित प्रदर्शनकारीहरूले तीनकुनेस्थित अन्नपूर्ण पोस्ट्को कार्यालयमा ढुंगामुढा प्रहार गरेका छन्। प्रहरीले तीनकुनेबाट तितरवितर पारेपछि उनीहरू अन्नपूर्ण कार्यालय अगाडि आएर ढुंगामुढा गरेका हुन्।
आन्दोलनकारीहरूले अराजक मच्चाउन थालेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेर तितरवितर गरेको हो। अहिले राजावादीको सभास्थल सुनशान बनेको छ।
प्रदर्शनकारीहरू केही तीनकुनेबाट एयरपोर्टतर्फको सडकमा र केही कोटेश्वरतिरको सडकमा भेला भएर सरकारविरुद्ध नाराबाजी गरिरहेका छन्।