एकीकृत समाजवादी कार्यालयमा आगजनी

१५ चैत, काठमाडौं । काठमाडौंको आलोकनगरमा रहेको एकीकृत समाजवादी पार्टीको केन्द्रीय कार्यालय आगजनी भएको छ ।

राजावादी समर्थक प्रदर्शनकारीहरूले समाजवादी पार्टी कार्यालय तोडफोड गर्नुका साथै आगजनी गरेका हुन् ।यसअघि राजावादी समर्थक प्रदर्शनकारीहरूले तीनकुनेस्थित एक घरमा आगजनी गरेका थिए ।यसैगरी प्रदर्शनकारीले पेरिसडाँडा नजिक एक सरकारी गाडीमा समेत तोडफोड गर्नुका साथै आगजनी गरेका थिए ।पेरिसडाँडा क्षेत्र अहिले पनि तनावग्रस्त छ ।प्रदर्शनकारीहरू पेरिसडाँडामा रहेको नेकपा माओवादी केन्द्रको कार्यालयमा प्रवेशको प्रयास गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *