राजावादीहरुद्वारा कोटेश्वरको भाटभटेनी सुपरस्टोर

१५ चैत, काठमाडौं । कोटेश्वरको भाटभटेनी सुपरस्टोरमा पार्किङमा राखिएका गाडीहरुमा पनि तोडफोड भएको छ । पार्किङ क्षेत्रमा रहेका निजी र सरकारी गाडीहरुको सिसा फुटाइएको छ ।

तीनकुनेमा राजावादी समूहको प्रदर्शन बिथोलिएपछि तितरवितर भएको समूह कोटेश्वरको भाटभटेनी सुपरस्टोरसम्म पुगेको थियो । सो समूहले सुरक्षागार्डलाई हातपात गर्दै लुटपाट र तोडफोड गरेको थियो ।

बिक्रीका लागि राखिएका तरकारी, सपिङ ट्रली लगायतका सामान बाहिर निकालेर आगो लगाएका थिए ।उनीहरुले ढुंगा प्रहार गरी भाटभटेनी सुपरस्टोरको भवनको सिसा समेत फुटाएका छन् ।सुरक्षा माग गर्दै प्रहरीलाई बोलाउँदा पनि नआएको गुनासो भाटभटेनी सञ्चालकको गुनासो छ । ‘३ः५८ बजे आईजीपीलाई फोन गरियो । तर अहिलेसम्म कोही आइपुगेन,’ भाटभटेनी स्रोतले भन्यो यसअघि सो समूहले तीनकुने नजिकै पर्ने आलोकनगरस्थित एकीकृत समाजवादीको कार्यालय र तिनकुनेको एक निजी घरमा पनि आगजनी गरेको थियो ।आक्रोशित समूहका व्यक्तिहरु कोटेश्वरका गल्ली–गल्ली हिँड्दै माओवादी केन्द्रीय कार्यालय पेरिसडाँडातर्फ पनि अगाडि बढेका छन् । उनीहरुले कारमा आगजनी र एउटा मोटरसाइकलमा तोडफोड समेत गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *