उदयपुरको बेलकामा शसस्त्र प्रहरीद्धारा ८९१ केजी ४२३ ग्राम लागुऔषध – गाँजा बरामद
चैत्र १६, बेलका। उदयपुर जिल्ला बेलका नगरपालिका वडा नं ६ स्थित असारे, मुर्तिखोलाको किनारमा शनिवार करिब बेलुकी ५ बजे शसस्त्र प्रहरी बल डुड खोलाद्वारा खटिएको टोलीले ८९१ केजी ४२३ ग्राम गाँजा बरामद गरेको छ। शसस्त्र प्रहरी इन्स्पेक्टर नरेश चौधरीका अनुसार गोप्य सूचनाको आधारमा गस्तीमा खटिँदा मूर्तिखोलाको किनारमा बेवारिसे अवस्थामा ठूलो परिमाणको गाँजा लुकाई राखेको अवस्थामा बरामद भएको हो।
यस लागूपदार्थ ओसार पसारमा संलग्न व्यक्तिबारे पुष्टि हुनसकेकोन्छैन र यसबारे थप अनुसन्धान भइरहेको इन्स्पेक्टर चौधरीले जनाउनुभयो। यस घटनाभन्दा पहिले पनि पटक पटक उदयपुर को बेलकाबाट पटक पटक कानुनी रुपमा अवैध मानिने लागुऔषधको रुपमा गाँजा बरामद हुँदै आइरहेको छ।