बर्दिया —अनाधिकृत खुद्रा तथा किराना पसलहरूमा बिक्री वितरण गर्न राखेको पेट्रोल प्रहरीले बरामद गरेको छ
अति प्रज्वलनशिल पदार्थ पेट्रोल प्लाष्टिक बोतल तथा ग्यालिनमा राखेर बिक्री वितरण गरिरहेको अवस्थामा प्रहरीले बरामद गरेको हो ।
पेट्रोल बरामद गरी आवश्यक कारबाहीको लागि शनिबार नेपाल आयल निगम लिमिटेड ईन्धन डिपो बाँकेलाई बुझाएको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार शुक्रबार बाँसगढी, मधुवनबाट, बारबर्दिया र गुलरिया नगरपालिका क्षेत्रबाट १ सय ९७ लिटर पेट्रोलियम पदार्थ बरामद भएको थियो ।