सहयोगी बचत तथा ऋण सहकारी संस्थाद्वारा आयोजित रक्तदान कार्यक्रम सम्पन्न

 सहयोगी बचत तथा ऋण सहकारी संस्थाद्वारा आयोजित रक्तदान कार्यक्रम सम्पन्न

चैत्र २०, बेलका।   सहकारीको महत्व र सामाजिक उत्तरदायित्वलाई ध्यानमा राख्दै, ६८ औं सहकारी दिवसको अवसरमा सहयोगी बचत तथा ऋण सहकारी संस्थाको आयोजना र रक्तसञ्चार केन्द्र घोपाको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम बुधबार सु-सम्पन्न भएको छ । बेलका नगरपालिका वडा नं ९ स्थित रामपुरमा‌ रक्तदान कार्यक्रम सम्पन्न भएको हो।

रक्तदान कार्यक्रमको उद्घाटन संस्थाका अध्यक्ष श्री गणेश बस्नेतले गर्नुभएको हो । कार्यक्रममा संस्थाका सदस्य, स्थानीय समुदायका विभिन्न व्यक्तिहरूको सहभागिता रहेको थियो ।रक्तदान कार्यक्रममा ४१ जना महिला र ११३ जना पुरुष गरि जम्मा १५४ जनाले रक्तदान गर्नु भएको थियो ।

यस कार्यक्रम गर्नुको मुख्य उद्धेश्य भनेको “सहकारी दिवसको महत्वलाई मनन गर्दै, यस संस्थाले विगत ११ वर्ष देखी रक्तदान कार्यक्रम तथा सामाजिक कार्यहरू निरन्तर सञ्चालन गर्दै आएका छ । रक्तदान गर्नु भनेको जिवनदान गर्नु सरह रहेकोले हाम्रो शरीरमा रहेको रगत जुन ३ महिना पछि खिएर जान्छ उक्त रगत संकलन गरि सहि सदुपयोग गर्न सक्यौं भने केही कसैको रगतको अभाबले आफ्नो ज्यान अकालमा नगुमाउनु परोस् भन्ने हेतुले हामिले रक्तदान कार्यक्रम संचालन गर्दै आएका छौ र भविष्यमा पनि गर्ने छौ” भनेर संस्थाका संस्थापक अध्यक्ष गणेश बस्नेतले बताउनु भयो ।

कार्यक्रम संचालन गर्न बेलका नगरपालिका वडा नं ४,५,८ र ९ त्यसै गरि चन्द्रमणि मण्डल, सुशील थापा, सुशान्त खड्का, सन्तोष खड्का, विरेन्द्र यादव र शम्भु साहले आर्थिक सहयोग गर्नु भएको थियो।रक्तदाताहरूलाई प्रमाणपत्र र सम्मान पत्र प्रदान गरिएको हो ।

यसरी, सहकारी दिवसका अवसरमा आयोजित रक्तदान कार्यक्रमले सहकारी संस्थाको सकारात्मक छवि सशक्त बनाएको छ र समुदायमा ठूलो सन्देश पुर्याएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *