उदयपुरको बेलकामा १० दिने अचार बनाउने तालिमको समापन

चैत्र २३, बेलका।

बेलका नगरपालिकाको शिक्षा शाखाको सहयोग र सहारा सामुदायिक अध्ययन केन्द्रको पहलमा आयोजित १० दिने अचार बनाउने तालिम सनिबार बेलका १, आम्बासिमा समापन भएको छ। सहारा सामुदायिक अध्ययन केन्द्रका अध्यक्ष टिका तामाङ्ग ज्यूले तालिमको सफलता र सहभागिता प्रति खुशी व्यक्त गर्दै आगामी दिनमा अन्य सीपमूलक तालिमहरूको समेत आयोजना गर्ने योजना रहेको बताए।

उक्त तालिममा बेलका नगरपालिका वडा नं १ का विभिन्न टोल बिकासबाट १५ जना महिला सहभागी भएका थिए।तालिमको उद्देश्य समुदायलाई आत्मनिर्भर बनाउन र अचार बनाउने सीपको माध्यमबाट नयाँ रोजगारका अवसर सिर्जना गर्नु रहेको थियो। तालिमका क्रममा सहभागीहरुलाई अचार बनाउने विभिन्न विधि, सामग्री र स्वास्थ्यसम्बन्धी महत्त्वपूर्ण जानकारी दिइयो।

समापन कार्यक्रम संस्थाको अध्यक्ष टिकाराज तामाङ को अध्यक्षतामा गरिएको थियो भने प्रमुख अतिथि बेलका नगरपालिकाको उपप्रमुख जिरा राइ, बिशिष्ट अतिथि वडा नं १ को वडा अध्यक्ष दिनेशप्रसाद चौधरि, वडा सदस्य निर्मला बि.क, बिभिन्न संघ संस्थाका प्रतिनिधिहरु, समाजसेवी, पत्रकार र तालिममा सहभागि प्रशिक्षार्थीहरुको उपस्थितिमा सम्पन्न भएको हो तालिमको समापनसँगै सहभागीहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *