नेपाल रेडक्रस सोसाईटि उदयपुर शाखाको अधिवेशन सम्पन्न; सभापतिमा शम्भु पौडेल पुन: निर्वाचित

नेपाल रेडक्रस सोसाईटि उदयपुर शाखाको अधिवेशन सम्पन्न; सभापतिमा शम्भु पौडेल पुन:  निर्वाचित

 

चैत्र २४, उदयपुर्।
नेपाल रेडक्रस सोसाईटि उदयपुर शाखा कार्यसमितिको अधिवेशन  शनिवार सम्पन्न भएको छ ।सर्वसहमतिको आधारमा  सभापति पदमा  चौदण्डीगढीका शम्भु पौडेल पुन: निर्वाचित हुनुभएको छ।

उदयपुर सदरमुकाम गाईघाटमा शनिवार सम्पन्न नेपाल रेडक्रस सोसाईटीे उदयपुर जिल्ला शाखाको ३४ औं अधिबेशनले पौडेललाई सर्वसम्मत चयन गर्दै सभापतिमा निरन्तरता दिएको हो । उदयपुर रेडक्रसमा नेतृत्व विवाद भएपछि नेपाल रेडक्रस सोसाईटीको केन्द्रीय कार्यालयले पौडेलको नेतृत्वमा यसअघि गत असोज ९ गते ६ महिनाका लागि तदर्थ समिति गठन गरेको थियो ।

अधिबेशनले एक सभापति, १ महिला उपसभापति, १ खुल्ला उपसभापति, एक मन्त्री, १ कोषाध्यक्ष, १ उपमन्त्री, १ उपकोषाध्यक्ष, महिला सदस्य ३ र खुल्ला सदस्य ७ जनागरी १७ सदस्य जिल्ला कार्य समिति चयन गरेको छ । महिला उप सभापतिमा सम्झना राई, खुल्ला उपसभापतिमा चन्द्रमणी गुराँगाई, मन्त्रीमा सन्तोष कोईराला, कोषाध्यक्षमा देवकुमार गिरी, उपमन्त्रीमा राजकुमार राई, त्यस्तै उपकोषाध्यक्षमा चन्द्रलाल गिरी, महिला सदस्यहरुमा कल्पना ढकाल, वालकुमारी विक र मिना केशीलाई सर्वसम्मत चयन गरेको छ भने खुल्ला सदस्यहरुमा पूस्कर खड्का, राजेश कार्की, राजिव थापा, दुर्गानन्द चौधरी, भिम कुमार जोशी , ध्रुव प्रसाद कोईराला र फणिन्द्र तामाङ्ग चयन भएका छन् । निर्वाचित पदाधिकारीहरुको कार्यकाल २०८३ साल चैत्र २२ गतेसम्म २ बर्षको रहेको छ ।

अधिबेशनको कोशी प्रदेश उप सभामुख सृजना दनुवारले उद्घाटन गरेकी थिईन् भने कार्यक्रममा कोशी प्रदेशका पूर्वमन्त्री तथा प्रदेश सभा सदस्य हिमाल कार्की, नारायण बुर्जामगर, प्रदेश सभा सदस्य लिला राई, कटारी नगरपालिका प्रमुख राजेशचन्द्र श्रेष्ठ, रौतामाई गाउँपालिका अध्यक्ष वीरेन्द्र आलेमगर, एमाले उदयपुर अध्यक्ष भागवत राउत, कांग्रेस क्षेत्रीय सभापती खगेन्द्र राई, माओवादीका नेता निरज पौडेल, रेडक्रसका पूर्व केन्द्रिय अध्यक्ष संजिव थापा, रेडक्रस केन्द्रिय सदस्य विनोदकुमार बस्नेत लगायत अतिथिहरुको उपस्तिथी रहेको थियो । अधिवेशनमा विभिन्न उपशाखाबाट प्रतिनिधित्व गर्ने करिब एक सय हारहारीमा प्रतिनिधिहरु सहभागी भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *