कक्षा ८ को परीक्षामा आयुषा श्रेष्ठ बने बेलका टप्पर; रामपुर पब्लिक एकेडेमिको सर्वोत्कृष्टता कायमै
चैत्र २६, बेलका। बेलका नगरपालिका स्तरीय आधारभूत तहको परीक्षामा बेलका ०९ रामपुरस्थित रहेको रामपुर पब्लिक एकेडेमीका विद्यार्थी आयुषा श्रेष्ठले बेलका नगरपालिका टप गर्न सफल भएकी छिन्। ३.८६ जिपिए प्राप्त गरी नगरपालिकामै उत्कृष्ट नतिजा प्राप्त गरेको छ। एकेडेमीका प्रधानाध्यापक ललित राईले बेलका पोष्टलाई जानकारी दिए।
बेलका नगरपालिकाका शिक्षा शाखा प्रमुख सुनिल निरौला ज्यूले यस परीक्षामा ३.८६ जीपिए नै सबैभन्दा बढी जिपीए रहेको पुष्टि गर्नुभयो, अतः नतिजा बारे पूर्णपाठबारे रिभ्यु हुन २/३ दिनसम्म लाग्ने सक्ने बताउनुभयो। कक्षा ८ को आधारभूत तह(बी एल ई) को परीक्षामा बेलका नगरपालिकाबाट यसपाली जम्मा ८९३ जना विद्यार्थीहरु सहभागी भएका थिए भने यस परीक्षामा जम्मा ७२४ जना विद्यार्थीहरुले ग्रेडेड(२ जिपीए भन्दा माथी) र १६९ जना विद्यार्थीहरु नन ग्रेडेड( (२ जिपीए भन्दा तल) जिपिए प्राप्त गरेका छन्। जसमध्ये ५४ जनाले ए प्लस ग्रेड ,१७३ जना ए ग्रेड, २५८ जनाले बि प्लस ग्रेड,२१० जनाले बि ग्रेड, ३४ जनाले सी प्लस ग्रेड प्राप्त गरेका छन्।
विद्यार्थीहरुले सबैभन्दा बढी गणित विषयमा नन ग्रेडेड प्राप्त गरेका छन्। समग्रमा यसपटक बेलका नगरपालिकाको अघिल्लो वर्षको नतिजामा प्राप्त जिपीए भन्दा यस वर्षको जिपीएमा सुधार भएको देखिएको छ। शिक्षा शाखा प्रमुख निरौला भन्नुहुन्छ “ मेरो बुझाई अनुसार शैक्षिक सत्रमा कक्षा ८ का विद्यार्थीहरुलाई लक्षित गरी ४५ दिने शैक्षिक आपुरण कार्यक्रमले समेत भूमिका खेलेको हो।”
गत वर्षको नतिजामा समेत रामपुर पब्लिक एकेडेमीका विद्यार्थीले नै बेलका टप गरी बेलकामा नै सर्वोत्कृष्ट नतिजा हासिल गरेका थिए। एकेडेमीले यसै सफलतालाई पुनः निरन्तरता कायम गर्दै यसपाली पनि उत्कृष्ट नतिजा हासिल गरी बेलकाकै उत्कृष्ट संस्थागत विद्यालयको रुपमा छवि निर्माण गरेको छ।
यसैगरी सामुदायिक विद्यालयहरूमध्ये बेलका बेलका ५ स्थित रहेको प्रभाकारी मावि पोखरेका विद्यार्थीले ३.८३ जिपिए प्राप्त गरेको छ।