बेलका नगर सभाको १५ औं अधिवेशन समुद्घाटन

बेलका नगर सभाको १५ औं अधिवेशन समुद्घाटन

चैत्र २७, बेलका। उदयपुर जिल्लाको बेलका नगरपालिकाले वुधवार नगर सभाको १५ औं अधिवेशन उदघाटन गरेको छ। ‘सबल आर्थिक, सामाजिक र भौतिक पूर्वाधार, बेलका नगर विकासको प्रमुख आधार’ भन्ने मुल नाराका साथ यस अधिवेशनको समुद्घाटन भएको हो।

कार्यक्रमका सभाध्यक्ष नगर प्रमुख अशोक कार्की ज्यूले नगरपालिकाको समग्र विकासका लागि चालू आ.व. मा निर्धारण गरिएका शिक्षा, स्वास्थ्य, रोजगारीमा, उद्यमशीलता, सामाजिक विकास, युवा तथा खेलकुद, भौतिक पूर्वाधार विकास, खानेपानि तथा सरसफाई,  विपद् व्यवस्थापन, न्याय निरुपण, पर्यटन प्रवर्द्धन जस्ता क्षेत्रहरूका लागि पेश भएका  वार्षिक योजना तथा कार्यक्रमहरूको कार्यान्वयनका अवस्थाहरूको बारेमा जानकारीहरुका पूर्णपाठ प्रस्तुत गर्नुभएको हो।

कार्यक्रमलाई सम्वोधन गर्दै नगर उपप्रमुख ज्यूले विशेष गरी कृषि मलको आपूर्ति, तथा कृषि बजार तथा बजार मूल्यबारे विषयको उठान गराउनुकासाथै नगरपालिकाका अन्य गतिविधिहरुका अनुगमन बारे जानकारी गराउनुभएको थियो।

अधिवेशनमा सहभागी नगर सभा सदस्य तथा वडा सदस्य ज्यूहरु र नगर प्रमुख कार्की ज्यूबिच   पूर्णपाठ पश्चात नगरपालिकाका विभिन्न गतिविधिहरु जिज्ञासाहरु र प्रश्नहरू गर्दै अन्तरक्रिया गरेका  थिए।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *