उदयपुर चौदण्डिगढीको बेल्टार नजिक कार दुर्घटना
चैत्र २८, बेलका। उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नं ७ बेल्टार नजिक राजविराजबाट बेल्टार जाँदै गरेको नं को कार दुर्घटना भएको हो। डिउटीमा खटिएका चौदण्डीगढी ट्राफिक प्रहरी असई दल बहादुर खत्रीका अनुसार दुर्घटनाग्रस्त कारमा एकजना चालक मात्र सवार रहेको र उनको अवस्था सामान्य नै रहेको छ।
राजविराज स्थायी ठेगाना भएका ४५ वर्षीय महेश कुमार गक्षदारले उक्त गाडी चालक रहेका थिए। पक्की पुल अगाडिको घुम्तीमा अनियन्त्रित कार अनियन्त्रित भई पुलको बारेमा गाडी ठोक्किन पुगेको थियो
।