नयाँ वर्षको अवसरमा वैशाख १ गतेको साँझ रात्रि आकाश अवलोकन गरिने

चैत्र ३१, बेलका।

रामपुर पब्लिक एकेडेमीको सहयोगमा र नेपाल एष्ट्रोनोमिकल सोसाइटी (NASO) को आयोजनामा भोलि राति एक विशेष आकाश अवलोकन कार्यक्रमको आयोजना गरिने भएको छ।

आयोजक संस्थाका अनुसार सो कार्यक्रम भोलि (सोमबार) साझ ६ बाजे वाट विद्यालय परिसरमा सञ्चालन हुनेछ, जसमा विद्यार्थी, शिक्षक, अभिभावक तथा स्थानीय बासिन्दाहरूले टेलिस्कोपको माध्यमबाट चन्द्रमा, ताराहरू तथा ग्रहहरूको अवलोकन गर्न सक्नेछन्।

कार्यक्रमको उद्देश्य बालबालिकामा विज्ञान र अन्तरिक्षप्रति चासो बढाउनु, अवलोकनात्मक ज्ञानको अभिवृद्धि गर्नु र समुदायमा खगोलशास्त्रप्रतिको चेतना फैलाउनु रहेको आयोजकले बताउनु भएको छ ।