काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले राजीनामा दिनुभएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालुवाटारमा आज भेटेर मन्त्री भट्टराईले राजीनामा बुझाउनु भएको प्रधानमन्त्री सचिवालयले जनाएको छ ।
विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरू २० दिनदेखि काठमाडौंमा आन्दोलनरत रहेकै समयमा शिक्षामन्त्रीको राजीनामा आएको हो । शिक्षकहरुले शिक्षामन्त्री, सभामुख र प्रधानमन्त्रीसँग समेत छलफल गरिसक्दा समेत आन्दोलन रोकेका छैनन् ।