बेलकामा निःशुल्क मानसिक स्वास्थ्य परामर्श सम्पन्न; विशेषज्ञ डा. शर्मालाई कदरपत्रका साथ बिदाई

बेलकामा निःशुल्क मानसिक स्वास्थ्य परामर्श सम्पन्न; विशेषज्ञ डा. शर्मालाई कदरपत्रका साथ बिदाई

 

वैशाख ८, बेलका। बेलका नगरपालिकामा निःशुल्क मानसिक स्वास्थ्य परामर्श कार्यक्रम सोमबार सम्पन्न भएको छ।

बेलका नगरपालिकाको आयोजना तथा सि.एम.सी नेपालको साझेदारीमा संचालन भएको सामुदायिक मानसिक स्वास्थ्य मनोसामाजिक सहयोग र लैङ्गिकतामा आधारित हिंसा रोकथाम तथा प्रतिकार्य कार्यक्रम अन्तर्गत बेलका नगर अस्पतालमा आज निःशुल्क रुपमा मनोसामाजिक परामर्श विशेषज्ञ प्रा. डा. विद्यादेव शर्माले परामर्श दिनुभएको थियो।

यस कार्यक्रममा नगरपालिका अन्तर्गत रहेका करिब ३० जना सेवाग्राहीहरुले मनोपरामर्श लिएका थिए। सेवाग्राहिहरुलाई मनोपरामर्श प्रदान गरिसके पश्चात प्रा. डा. शर्माले २०१६ देखि २०२५ सम्म मनोपरामर्श विशेषज्ञको रुपमा प्रवर्द्धनात्मक तथा उपचारात्मक सेवा प्रदान गर्दै नगरपालिकाको सामाजिक क्षेत्रमा पुर्याउनु भएको योगदानलाई कदर गर्दै पबेलका नगरपालिकाले प्रा. डा. शर्मालाई कदरपत्र सहित बिदाई गरेको थियो।

यस कार्यक्रममा बेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्की, नगर उपप्रमुख जिरा राई , नि. प्रमुख प्रशासकीय अधिकृत रविकिरण आचार्य , डा. विशाल राई लगाएत सि.एम.सी नेपालका प्रतिनिधि नगर अस्पतालका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।