वैशाख १४, बेलका। उदयपुरको बेलका नगरपालिका वडा नं २ स्थित शिवालय टोल विकास संस्थाका युवाहरुका अग्रसरतामा टोलका वृद्ध महिलाहरुलाई मातातीर्थ औंसी(, आमाको मुख हेर्ने दिन) को अवसरमा आईतबार सम्मान कार्यक्रम गरिएको छ।
शिवालय टोलमा रहेका वृद्ध आमाहरुलाई गंगा धरेश्वर शिव मन्दिरको प्राङ्गणमा मिष्ठान्न भोजनका साथै शुभकामना आदानप्रदान गरी सम्मान गरिएको हो। टोलमा युवाहरुका अग्रसरतामा यस प्रकारका सह्रानीय गतिविधिले ज्येष्ठ नागिकहरूप्रति समुदायको समाजिक पक्ष तथा सामाजिक सुरक्षा सबल हुने आयोजक युवा समूहका एक सदस्यले बताउनु भयो।
सामाजिक मर्यादाभित्रका धर्म, संस्कार, संस्कृति तथा पुस्तान्तरण निमित्त समुदायमा ज्येष्ठ नागरिकहरुका महत्वपूर्ण भूमिका रहने गर्दछ। यसै सन्दर्भमा टोलका सचेत युवाहरुका अगुवाईमा यस भएको यस प्रकारको गतिविधि आजको समुदायको आवश्यकता समेत हो।