बैशाख १५, उदयपुर्।
बेलका नगर अस्पतालले नगरवासी नागरिकहरुलाई स्वास्थ्य बिमा गर्न आव्ह्वान गरेको छ। नगर अस्पतालको प्रसासन प्रमुख किशोर श्रेष्ठका अनुसार स्वास्थ्य बिमाले बिमितको भविष्यमा आइपर्न सक्ने स्वास्थ्यसँग सम्बन्धित सम्भावित जोखिमहरुलाई आर्थिक रुपमा व्यवस्थापन गर्न मद्दत गर्दछ।
के हो त स्वास्थ्य बिमा कार्यक्रम ?
-नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रम, स्वास्थ्य सेवा उपयोगको क्रममा हुने अनियोजित खर्चको जोखिमलाई अग्रीम ब्यबस्थापन गर्दै बित्तीय संरक्षण प्रदान गर्ने अवधारणा अन्तर्गत सरकारले ल्याएको सामाजिक सुरक्षाको एक महत्वपूर्ण कार्यक्रम हो ।
यस स्वास्थ्य बिमा अन्तर्गत के कस्ता प्रकारका सेवा सुविधाहरु रहेका छन् त ?
-५ जनासम्मको सदस्य रहेका साधारण परिवारले योगदान रकम रु ३५०० लाग्नेछ जसले प्रति परिवार १ वर्षका लागि रु १ लाख सम्मको स्वास्थ्य सेवा निशुल्क प्राप्त गर्नेछ । तर ५ जना भन्दा बढी सदस्य रहेका साधरण परिवारको हकमा प्रति सदस्य थप रु ७०० योगदान रकम बुझाउनु पर्नेछ र सेवामा प्रती सदस्य थप २० हजार रुपैयाँका दरले थप्दै प्रति वर्ष अधिकतम २ लाख रुपैयाँ सम्मको सेवा निशुल्क रुपमा पाईनेछ । जस्तै (कुनै परिवारमा ७ जना सदस्य रहेका छन् भने उक्त परिवारले योगदान रकम रु ४९००/– बुझाउनु पर्नेछ र सो बापतको रु १ लाख ४० हजार बराबरको सेवा निशुल्क पाईनेछ)
माथि उल्लेखित नियमित सेवा बाहेक नेपाल सरकारले कडा रोगहरु क्यान्सर, मुटुरोग, मृगौला रोग, हेड इन्जुरी, स्पाइनल इन्जुरी, सिकलसेल एनिमिया, पार्किन्सोनिजम र अल्जाइमर भन्ने रोग लागेमा थप १ लाख सम्मको उपचार सुविधा पाईनेछ ।
-जेष्ठ नागरिक–७० बर्ष उमेर पुगेका जेष्ठ नागरिकको योगदान रकमको शतप्रतिशत निशुल्क जसले रु १ लाख सम्मको सेवा पाईनेछ ।
-बीमित परिवारले सेवा प्रदायक वा अस्पतालबाट निरन्तर सेवा लिनका लागि हरेक वर्ष बीमा नवीकरण गर्नुपर्दछ ।
स्वास्थ्य बिमा गर्न के गर्ने त ?
आवश्यक कागजातका रुपमा नागरिकताको प्रतिलिपि,नावालकको हकमा जन्मदर्ताको प्रतिलिपि र हरेक सदस्यहरुका पासपोर्ट साइजको फोटो सहित ५ जनासम्म सदस्य भएको परिवारले रु ३५ सय र ५ जना भन्दा बढी सदस्य भएको परिवारले थप प्रति सदस्य रु. ७०० का दरले रकम जम्मा गरी प्रत्येक वडामा रहेका स्वास्थ्य बिमा दर्ता सहयोगीलाई सम्पर्क गर्ने:
बेलका १ का वडावासीहरुका अलागी दर्ता सहयोगी – कृष्ण कुमारी पोखरेल(सम्पर्क न: (९८६२७९९७६८)
बेलाका का २ वादावासिहरुका लागि दर्ता सहयोगी- चन्द्र बहादुर खड्का(सम्पर्क न:९८१६७४६२८१)
बेलका ३ का वडावासीहरुका अलागी दर्ता सहयोगी – ज्योति चौधरी (सम्पर्क न:९८१६७८४६९९)
बेलका ४ का वडावासीहरुका अलागी दर्ता सहयोगी – सुस्मिता बस्नेत (सम्पर्क न:९८१४७८२२०१)
बेलका ५ का वडावासीहरुका अलागी दर्ता सहयोगी – लक्ष्मी न्यौपाने(सम्पर्क न:९८६६३२०२०९)
बेलका ६ का वडावासीहरुका अलागी दर्ता सहयोगी – कुमारी मगर (सम्पर्क न:९८०५९६०४१३)
बेलका ७ का वडावासीहरुका अलागी दर्ता सहयोगी – निर्मला राई (सम्पर्क न:९८४५४२१७५६)
बेलका ८ का वडावासीहरुका अलागी दर्ता सहयोगी – जुनकला राई (सम्पर्क न:९८४६९३९८४२)
बेलका ९ का वडावासीहरुका अलागी दर्ता सहयोगी – सरिता थापा (सम्पर्क न:९८०५९५४४३३)
भिडियो हेर्न:-https://youtu.be/vpwwXisiH8Q?si=EJQqdWFZL5ne7bRo
“समयमै स्वास्थ्य बिमा गराऔ र निशुल्क स्वास्थ्य उपचार सेवा लिएर आफ्नो स्वास्थ्यलाई सुरक्षित राखौ” –बेलका नगर अस्पताल रामपुर, उदयपुर