द भोइस अफ नेपाल सिजन ६ को फिनाले आज राति हुने

आज, २ मे २०२५ मा,

गायन रियालिटी शो ‘द भोइस अफ नेपाल’ सिजन ६ को ग्राण्ड फिनाले आज(शुक्रबार) हुँदैछ। हिमालय टेलिभिजनवाट प्रसारण हने उक्त कार्यक्रम रातिको ८ वजेवाट सुरु हुने छ ।

यस रियालिटि शो प्रतियोगिताको फाइनलमा चार प्रतियोगी रोसन राइ, प्रोसेस पाण्डे, प्रमेश राइ र अर्पना आचार्य पुगेका छन्। उनीहरू सबै आफ्ना-आफ्ना कोचहरूको टिमबाट प्रतिस्पर्धा गर्दैछन्।

 

 

टिम खेम सेन्चुरीको तर्फबाट प्रोसेस पाण्डे, टिम मेलिना तपाइको तर्फबाट रोसन राइ, टिम उदय सोताङको तर्फबाट अर्पना आचार्य र टिम राजु लामाको तर्फबाट प्रमेश राइ रहेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *