बैशाख २७, काठमाडौँ। सुनसरीको दुहबी नगरपालिका ३ फुटानी चौक स्थित पिक अप भेन अनियन्त्रित भइ दुर्घटना हुदा त्रियुगा नगरपालिका ०८ राजाबास बस्ने ३० वर्षीय प्रहरी असई बिरोध खतिवडाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार शनिवार दिउसो ११:५० बजेतिर इटहरी-विराटनगर सडक खण्डमा उत्तर इटहरीबाट दक्षिण विराटनगरतर्फ जाँदै गरेको प्र२-०१-००१च ०२५१ नम्बरको दाउरा बोकेको पिकअप भेन सडक किनारमा रहेको फलामको रेलिङमा ठोकिएर दुर्घटना हुदा टाउको छाति तथा शरीरका विभिन्न भागमा चोट लागि गम्भीर घाइते भएका खतिवडालाई उद्दार गरी बिराट टिचिंग हस्पिटल बिराटनगरमा उपचार गर्ने क्रममा १२:२१ मिनेटमा डा. ले मृत घोषणा गरेको थियो। खतिवडा जिल्ला प्रहरी कार्यालयमा कार्यरत थिए।
उक्त पिकअपभेनमा खतिवडासगै रहेका उदयपुर, चौदण्डीगढी नगरपालिका ६ बस्ने 38 बर्षीय पिकअप भेनका चालक सुरेश कार्की र चालकको १४ वर्षीय छोरी रोजिना कार्की लाई छाति तथा टाउकोमा चोट लागि अवस्था सामान्य रहेको छ।