उदयपुर — कोशी प्रदेश अन्तर्गत उदयपुर जिल्लाको बेलका नगरपालिकाले विभिन्न पदहरूमा करार सेवाका लागि कर्मचारी भर्ना गर्नको लागि सूचना प्रकाशित गरेको छ। नगरपालिकाले स्वास्थ्य शाखामा आवश्यक पर्ने जनशक्ति पूर्तिको लागि ५ पदमा दरखास्त आह्वान गरेको हो।सूचनाअनुसार माग गरिएका पदहरू निम्न छन्:
-
- चिकित्सा अधिकृत — दरबन्दी: १ जना,
- अ.हे.व — दरबन्दी: १ जना,
- अ.न.मी.— दरबन्दी: १ जना,
- सहायक कम्प्युटर अपरेटर — दरबन्दी: १ जना
दरखास्त दिने स्थान:बेलका नगरपालिका, स्वास्थ्य शाखा, रामपुर, उदयपुर।
दरखास्त दिने अन्तिम मिति: २०७८।०३।२ देखि २०७८।०३।१६ गतेसम्म कार्यालय समयभित्र आवेदन दिन सकिनेछ
योग्यता:
अहेव: नेपाल सरकारबाट मान्यता प्राप्त संस्थाबाट अहेव कोर्स उत्तिर्ण गरेको र नेपाल सरकारको स्वास्थ्य व्य्वसायि परिषदमा दर्ता भएको
चिकित्सा अधिकृत: मान्यता प्राप्त संस्थाबाट MBBS उत्तीर्ण गरी नेपाल मेडिकल काउन्सिलबाट प्रमाणपत्र पाएका हुनु पर्ने।
अनमि : नेपाल सरकारबाट मान्यता प्राप्त संस्थाबाट अनमि कोर्स उत्तिर्ण गरेको र नेपाल सरकारको नर्सिङ परिषदमा दर्ता भएको
सहायक कम्प्युटर अपरेटर: नेपाल सरकारबाट मान्यता प्राप्त संस्थाबाट कम्प्युटर समब्न्धि ६ महिने (Diploma) कोर्स उत्तिर्ण गरेको हुनुपर्ने