उदयपुरको चौदण्डिगढिमा एक किशोरी र एक युवाको शव फेला पर्यो

उदयपुर/ असार ४। उदयपुरको चौदण्डीगढी नगरपालिका-४ अमलचौरी गाउँमा एक किशोरी र एक युवाको शव फेला परेको छ ।

आज एका विहानै बाटो छेवैमा लडिरहेको अवस्थामा अन्दाजी १४ वर्षीया मन्जु राईको शव फेला परेको हो भने २ सय मिटर वर   आँपको रुखमा  झुण्डिएको अवस्थामा २८ वर्षीय रविन राई ( रबिन्द्र) को शव फेलला परेको हो ।

एक स्थानियको अनुसार “दुवै जनामा मायाप्रेम थियो, के कुन विषयामा कुरा मिलेन पहिला केटीलाई मार्‍यो त्यसपछि केटोले  आत्महत्या गर्‍यो”

घटनाको प्रकृति अनुसार सबैले त्यही अनुमान गरेका छन् । शव परीक्षणको लागि कानुनी प्रक्रिया भइरहेको इलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ । मृतक दुवै जना छिमेकी हुन्  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *