उदयपुर- उदयपुरको बेलका नगरपालिकाभित्र पर्ने कोशी कटान क्षेत्र नियन्त्रणका लागि तटबन्धनका लागि काम ठेक्का लागि सकेको काम सुरु हुन नसकेपछी स्थानीयहरुले शुक्रबार बेलकामा र्याली जुलुस निकाली शान्तिपूर्ण विरोध जनाएका छन्। २०८१ चैत्रमा कोशी तथा बक्राहा नदि व्यवस्थापन आयोजनामार्फत ४ करोड बराबर बजेटको १ वर्ष भित्र काम सम्पन्न गरिसक्नुपर्ने सम्झौता भई ठेक्का लागेको थियो। तर वर्खा लागे संगै पानि पर्ने मौसम सुरु भएपछी पनि ठेक्का लागेको काम असारसम्म सुरु हुने छाटकाट नदेखिपछि स्थानियहरुले विरोध गर्दै आईरहेका छन।
किन ठेक्का लागी सकेको काम हालसम्म सुरु हुन सकेन ?
कोशी नियन्त्रण कार्यको लागि संघिय सरकारले छुट्टै निकायको व्यवस्था गरेको छ। उर्जा जलस्रोत तथा सिचाई मन्त्रालयको जलस्रोत तथा सिचाई विभाग अन्तर्गत रहेको कोशी तथा बक्राहा नदि व्यवस्थापन आयोजना, बिराटनगरले हेर्ने गर्दछ।यस निकायमार्फत नै यस बेलका नगरपालिका ८ मा पर्ने कोशी कटानको क्षेत्रलाई नियन्त्रण गर्न ४ करोड रकमको योजना अघि बढी ठेकेदार कमपनिसंग सम्झौता भएको हो। ठेकेदार कम्पनि दिखुप्पा कन्ट्रक्सन कम्पनीका संचालक प्रविन लिम्बु यसो भन्छन – “ यस योजना सम्झौता अनुसार योजनाको कार्यअवधि १ वर्षको रहेको छ। स्थानीय र बेलका नगर सरकारबाट यहि असारभित्र काम सक्नुपर्छ भन्ने कुराहरु आइरहेका छन् तर यस योजनामा लगभग १३/१४ सय टिप्पर अलि ठुलो साइजको ढुंगा आवश्यक पर्दछ, तर चैत्रमा योजना सम्झौता भएपछी हामीले जेठभरी ढुंगा खोजियो तर उचित मुल्यमा ढुंगा भेटेनौ, अनि सिसुवा खोलाको ढुंगा बेलकामै रहेछ तर लगभग ३/४ सय टिप्पर मात्र पुग्ने रहेछ, त्यो हुदा त्यति ढुंगाले योजना सुरु गर्दा काम पूर्ण नहुने थियो। र हाम्रो नियम कानुन अनुसार असार/साउनमा ढुंगा बालुवाहरु उत्खनन गर्न नपाइने भएकाले अरु तिरबाट ढुंगा आपूर्ति गर्न पनि असम्भव हुने देखियो, त्यसैले हामीले यो कार्य भदौदेखि सुरु गर्ने भनेर बसेका छौ।”
स्थानीयहरु किन आक्रोशित छन् ?
वर्षेनी वर्षायाममा सप्तकोशीको कटानले बेलका ८,३,२ न वडा सहित सुनसरीको बराहक्षेत्र नगरपालिका तथा सप्तरीको सप्तकोशी नगरपालिका समेत प्रभावित बनाउदै आइअहेको छ। लगभग १०/१५ हजार जनआवादी रहेको र कृषि र पर्यटन सम्भावना बोकेको यस क्षेत्रमा कोशी कटानको दिगो नियन्त्रण नभई वर्षेनी बाढी पिडित भईरहनुपर्ने बाध्यता अईपरिरहादा सम्बन्धित निकाय तथा स्थानीय सरकारबाट परिणाममुखी ठोस योजनाहरु नहुदा स्थानीयहरु आक्रोशित छन्। स्थानियहरुले गत जेठ २० गते पनि स्थानीय बेलका नगर सरकारलाई ५ दिने अल्तिमेटम सहित ज्ञापन पत्र बुझाएका थिए। ज्ञापन पत्रमा जेठ २५ भित्र ठेक्का लागि सकेको नियन्त्रणको कार्य थालनी गरिसक्नुपर्ने नत्र स्थानीयहरु आन्दोलित हुने उल्लेख गरिएको थियो। त्यसै अनुसार स्थानीयहरू शुक्रबार आन्दोलित हुदै शान्तिपूर्ण विरोधमा उत्रिएका थिए। त्यसैले स्थानीयहरुको आरोप छ- “नगर सरकारले आवश्यक पहल कदमीमा ध्यान नदिदा काम समय हुन सकेन”। ठेक्कामा काम सुम्पेर ठेकेदारले वर्षायाममा कोशी नियन्त्रण हुने गरी कार्य सुरु नगर्दा स्थानियहरु “जनताको काम गर्न जनतालाई दे: ठेक्का प्रथा, मुर्दावाद” भन्दै नारावाजी शुक्रवार गरेका छन्