बेलका-४, उदयपुर। बेलका नगरपालिका वडा नं ४ को आयोजनामा बालबालिकाहरुको सृजनात्मक अभिवृद्धि तथा बौद्धिक क्षमता विकास गर्ने उद्देश्यले एक दिने क्षमता विकास तथा हाजिरी जवाफ प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ। बेलका-४ को सभाहलमा सनिवार उक्त कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा स्थानीय विद्यालयका कक्षा ६ देखि ८ सम्मका करिब ७५ विद्यार्थीहरुको सहभागीता रहेको थियो। प्रतियोगितामा सहभागी बालबालिकाहरुले विभिन्न शैक्षिक तथा बालअधिकारको सामान्य ज्ञानसम्बन्धी प्रश्नहरुको जवाफ दिँदै आ-आफ्नो ज्ञानको प्रस्तुति गरेका थिए। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरुलाई शैक्षिक सामग्री तथा पुरस्कार वितरण गरिएको थियो।
कार्यक्रममा वडा प्रतिनिधि, वडा कार्यालयका कर्मचारी, अभिभावक तथा विद्यार्थीहरुको सक्रिय सहभागितामा सम्पन्न भएको थियो।