के के छन् त बेलका नगर अस्पतालबाट प्रवाह हुने स्वास्थ्य सेवाहरु ?

बेलका नगर अस्पतालबाट प्रवाह हुने स्वास्थ्य सेवाहर

उदयपुर, बेलका – बेलका नगरवासीहरुको सहज स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्न स्थापना गरिएको बेलका नगर अस्पतालले नागरिकको स्वास्थ्यमा प्रभावकारी योगदान पुर्‍याउँदै आएको छ। अस्पतालबाट नियमित र आकस्मिक दुवै खालका सेवा प्रवाह भैरहेका छन्।

निम्न स्वास्थ्य सेवाहरू हाल बेलका नगर अस्पतालमार्फत प्रवाह भईरहेका छन्:

🔹 नियमित ओपिडी (OPD) सेवा:
दैनिक रुपमा विशेषज्ञ तथा चिकित्सकद्वारा सर्वसाधारणको स्वास्थ्य परीक्षण तथा उपचार सेवा उपलब्ध गराइएको छ।

🔹 नियमित प्रयोगशाला (प्याथोलोजी) सेवा:
रगत जाँच, थाइराइड परीक्षण, भिटामिन डि र भिटामिन बि-१२ लगायतका विशेष परीक्षणहरू यहाँ सहज रूपमा गर्न सकिन्छ।

🔹 दैनिक एक्स-रे सेवा:
दैनिक एक्स-रे सेवा मार्फत हाडजोर्नी तथा अन्य आन्तरिक परीक्षणहरूलाई सहज बनाइएको छ।

🔹 २४ सै घण्टा आकस्मिक (इमर्जेन्सी) सेवा:
कुनै पनि आपत्कालीन अवस्थाका लागि अस्पतालमा २४ सै घण्टा इमर्जेन्सी सेवा सुचारु छ।

🔹 २४ सै घण्टा बिरामी भर्ना सेवा:
गम्भीर अवस्थामा रहेका बिरामीहरूलाई तत्काल भर्ना गरि उपचार सेवा सञ्चालन गरिँदै आएको छ।

🔹 २४ सै घण्टा फार्मेसी सेवा:
यहाँ २४ सै घण्टा औषधि किन्न सकिने व्यवस्था गरिएको छ।

🔹 निशुल्क प्रसुति सेवा:
यहाँ गर्भवती महिलाहरूलाई निशुल्क रुपमा प्रसूति सेवा प्रदान गरिन्छ।

🔹 औषधिबाट गरिने ९ हप्ताभित्रको गर्भपतन सेवा:
गर्भपतनसम्बन्धी सेवा पनि कानुनी दायराभित्र रही सुरक्षित तरिकाले उपलब्ध छ।

🔹 विशेष सेवा दिनहरु:

प्रत्येक मंगलवार – बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सहयोगमा निशुल्क दन्त रोग सेवा।
प्रत्येक महिनाको पहिलो बुधवार – बिराट मेडिकल कलेज एण्ड टिचिङ्ग अस्पतालका विशेषज्ञबाट मानसिक रोग सम्बन्धी परामर्श सेवा।
प्रत्येक शुक्रवार बिहान ७ बजे देखि ९ बजेसम्म – रेडियोलोजी विशेषज्ञद्वारा भिडियो एक्स-रे (Ultrasound) सेवा।

🔹 स्वास्थ्य बीमा सेवा:
उपचारका साथसाथै नागरिकलाई सरकारी स्वास्थ्य बीमा कार्यक्रमसम्बन्धी जानकारी तथा सेवा प्रदान गरिएको छ।

बेलका नगर अस्पतालले सामुदायिक स्वास्थ्य प्रवर्द्धनमा उल्लेखनीय भूमिका खेल्दै आईरहेको छ। नगरवासीका लागि अत्यावश्यक सेवा स्थानीयस्तरमै सुलभ र गुणस्तरीय बनाउँदै लैजानु अस्पतालको प्रमुख उद्देश्य रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *