बेलकाको १६ औं नगरसभा सम्पन्न: नगर सभामा प्रस्तुत नगरको ६ रणनीतिहरु यस्ता रहेका छन्
असार १०, उदयपुर – “सबल आर्थिक, सामाजिक तथा भौतिक पूर्वाधार, स्वच्छ सुन्दर समुन्नत र समृद्ध बेलका नगरको आधार” भन्ने नारासहित सोमबार बेलका नगरपालिकाको १६औं नगरसभामा नगर प्रमुख अशोक कार्कीले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ। प्रस्तुत भएको नीति दस्तावेजमा नगरको समग्र विकासका लागि ६ प्रमुख रणनीतिहरूको चर्चा गरिएको छ। यद्यपि, यी रणनीतिहरूका कार्यान्वयनका पक्षहरू भने आउँदो आर्थिक वर्षमा हेर्न बाकी नै रहेनछ। उक्त ६ रणनीतिहरु यस प्रकार रहेका छन्:
१. वेलका नगरपालिकालाई समृद्ध नगर बनाउनेका लागि शिक्षा, स्वास्थ्य र रोजगारी क्षेत्रको क्रमिक सुधार र उद्यम, कृषि, पशुपंक्षी सहकारी र पर्यटनको उल्लेख्य सुधारका प्रयास गरिनेछ।
२. आधुनिक सूचना तथा संचार प्रविधिको उच्चतम प्रयोगमार्फत नगरपालिकाका गतिविधिहरुलाई पारदर्शी र पहुँचयोग्य बनाउने।
३. सांस्कृतिक पर्यटन, नवप्रवर्तनमा आधारित उद्यम र संस्थागत सुशासनलाई प्राथमिकताका लागि योजना तथा कार्यक्रम संचालन गर्ने।
४. स्थानीय शासनमा जनसहभागिता अभिवृद्धि गर्दै उत्तरदायी र पारदर्शी स्थानीय सरकारको भूमिका निर्वाह गर्ने।
५. वेलका नगरपालिकालाई पर्यटकीय नगरका रुपमा विकास गर्ने।
६. वेलका नगरपालिकामा आइपर्ने विपद तथा जोखिमलाई न्यूनीकरण गर्ने।