चौदण्डीगढीको मेयर कालुमान लामाद्वारा पत्रकार दुष्टमाथि धम्की

उदयपुर,असार १२। संघीय लोकतान्त्रिक गणतन्त्र मुलुकमा नागरिकको स्वतन्त्रतापूर्वक बोल्न पाउने हक र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप भएको छ ।

उदयपुरको चौदण्डीगढी नगरपालिकाका नगर प्रमुख कालुमान लामाले समाचारको विषयलाई लिएर पत्रकार राजेन्द्र दुष्टलाई धम्काएका छन् ।

आज विहान अधिकारी होटलमा चिया लिँदै गरेका पत्रकार दुष्टलाई मेयर लामाले आफ्नो पालिकाको समाचार नबनाउने त्रियुगा नगरपालिकाको चाही समाचार बनाउने ? तीन ठाउँमा झुण्डाएर नाङ्गेझार बनाइदिन्छु भन्दै धम्की दिएका हुन् ।

पत्रकार दुष्टले भने, ‘नेपाल आदिवासी जनजाति महासंघका नगर अध्यक्ष मनकुमार राई, ६ नं. वडा सदस्य कमल कार्की र म अधिकारी होटलमा चियाँ लिँदै बसिरहेका थियौ । यसैक्रममा एक छिनमा मेयर लामा त्यसपछि नगरकार्यपालिका सदस्य उदयराज भुजेल, राजेन्द्र कटवाल पनि आइपुगे र त्रियुगा नदीमा भत्किएको पुलमा बजेट परेको विषयमा कुरा चल्दाचल्दै मलाई एक्कासी नगर प्रमुख हुँ के सोचेको छस ? भन्दै आक्रोसित हुँदै तीन ठाउँमा पु¥याएर ठिक पार्ने धम्की दिए ।’

जवाफमा मैले भने, ‘ठिक छ मेरो समाचारमा त्यस्तो गलत विषयहरु छन् भने तीन ठाउँ त के सातै ठाउँ झुण्डिन तयार छु । तर तिम्रो यस्तो धम्कीले डराउँदिन ।’

ADVERTISEMENT

पत्रकार दुष्टले भने, ‘नगरपालिकाको गत ९ गतेको १८ औं नगरसभामा मलाई बोलाइएको थिएन । म गइन, र समाचारपनि बनाइन, कुनै जानकारी नभइ कसरी समाचार बनाउनु ? तर, त्यही विषयलाई लिएर आइन्दा नगरपालिका कार्यालय भित्र त के गेटमा समेत नटेक्न नदिइने भन्दै धक्की दिएका छन् ।’

सत्ता, शक्ति र पहुँजको आँटमा पत्रकारलाई धम्क्याउने प्रेस स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप भएको महसुश भएको बताए । पत्रकार दुष्ट नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) १ नं. प्रदेशको इञ्चार्ज हुन् भने उनले गढीखबर दैनिक र गढीखबर डटकम अनलाई मिडिया सञ्चालन गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *