उदयपुर, असार १४। नगरपालिकाले प्रदेश सरकार तथा करुणा फाउन्डेसनसँगको त्रिपक्षीय सहकार्यमा अपाङ्गता भएका व्यक्तिहरुलाई सहायक सामग्रीहरु वितरण गरेको छ। शनिवार नगरपालिकाको भवनमा प्राविधिक विषेशज्ञ समूहसहित वितरण सुरु गरिएको यस कार्यक्रम भोलि आईतबार समेत हुनेछ। अपाङ्गता भएका ४८ जना व्यक्तिहरुलाई ७१ थान सहायक सामग्रीहरु वितरण गरिनेछ। आफ्नो छोरालाई हिडडुल गराउनका लागि सहायक सामाग्रीको रुपमा १ थान उपयुक्त ह्वील चेयर प्राप्त भएपछि अभिभावक मेनुका परियार खुशी व्यक्त गर्दै अब हिडडुल गराउन तथा विद्यालय लैजान सहज हुने बताउनु भयो।
राष्ट्रिय अपाङ्गता कोषका विषेशज्ञ समूह सहित स्वाथ्य शिविर सन्चालन गरी ४८ जना अपाङ्गता भएका व्यक्तिहरु पहिचान गरी आवश्यक सहायक समाग्रीहरुका लागि नाप जाप गरेको थियो। त्यसै अनुसार आज शनिवार बेलका नगरपालिकाको भवनबाट उक्त सहयोग सामाग्री वितरण सुरु गरिएको हो।