उदयपुर, असार १६। उदयपुर बेलका नगरपालिकाको सभाहलस्थित नेस्पेक उदयपुर आयोजना र बेलका नगरपालिकाको सहयोगद्धारा सोमबार जोखिममा परेका बालबालिकाहरुको तत्काल उद्धार र व्यवस्थापनको लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। नेस्पेक उदयपुरका अध्यक्ष अर्जुन पोखरेलका अनुसार बाल हेल्पलाइन १०,९,८ सम्बन्धी नगरसँग सहकार्य गर्दै बालबालिका र जनप्रतिनिधिहरुलाई बाल हेल्प लाइन जानकारी हुन्छ भनेर तथा नगरको समग्र नीति तथा कार्यक्रम निर्माणको क्रममा कार्यक्रम बालमैत्री बनाउन पनि सहज हुन्छ भनेर यस कार्यक्रम आज आयोजना गरिएको हो।”
कार्यक्रममा मन्तव्य व्यक्त गर्नुहुँदै नगर प्रमुख अशोक कार्की ज्यूले बालबालिकाहरुका चौतर्फी विकासको निमित्त बालबालिकाहरुका सामाजिक सुरक्षा अति आवश्यक रहेको विषय उल्लेख गर्नुभयो।
बालबालिकाको हक अधिकार सुनिश्चित गर्न तथा बालबालिकाहरुलाई सचेत बनाउन र बालमैत्री नगरपालिका निर्माणका लागि यस प्रकारका बालबालिका सम्बन्धी कार्यक्रमहरु गर्दै जाने कुरामा पालिकले गर्दै जाने नगर उप प्रमुख जिराईले आफ्नो मन्तव्य मार्फत जोड दिनुभयो।
कार्यक्रममा विभिन्न बालक्लवबाट आएका प्रतिनिधि बालबालिका तथा बाल अधिकारको क्षेत्रमा कार्यरत व्यक्तिहरुलाई जोखिममा परेका बालबालिकाहरूलाई। तत्काल उद्धार तथा व्यवस्थापन सम्बन्धी निःशुल्क टेलिफोन सेवा १०९८ सम्बन्धी अभिमुखीकरण सेसन सञ्चालन गरिएको थियो।
कार्यक्रममा बाबलबालिका, महिला तथा वृद्दवृद्दा शाखा प्रमुख ज्योति राई, पालिकाका वडा अध्यक्षहरु लगायत पालिकाभरिका बालबालिकाको क्षेत्रमा काम गर्ने बालअधिकारकर्मी तथा कर्मचारी र विभिन्न बाल क्लवका प्रतिनिधिहरू उपस्थित
थिए।