सामाजिक सुरक्षालाई बढावा दिँदै बेलकाको वडा नं ४ ले ३ ठाउँमा जोड्यो सिसी क्यामेरा

 

उदयपुर, असार १६। बेलका नगरपालिका ४ नं वडा कार्यालयले सामाजिक सुरक्षालाई ध्यानमा राख्दै आफ्नो वडामा पर्ने मदन भण्डारी राजमार्ग अन्तर्गत आईतबार ३ वटा सिसी क्यामेरा जडान सफलतापूर्वक सम्पन्न गरेको छ। यस कार्यसँगै ४ नं वडा बेलकामै सिसी क्यामेरा जडान गर्ने पहिलो वडा रुपमा स्थापित हुन सफल भएको हो। वडा अध्यक्ष तीर्थराज अधिकारीका अनुसार विभिन्न चोरीका घटना, लागू पदार्थ ओसार पसार तथा सडक दुर्घटनाका पक्षहरुलाई मध्यनजर गर्दै लालबजार, गुरुङ्गचौरी र ४ नं वडा कार्यालयको अगाडि सिसी क्यामेरा जडान गरिएको हो।

 

देशकै एक महत्वपूर्ण राजमार्ग रुपमा रहेको मदन भण्डारी राजमार्ग बेलकाबाटै जाने गर्दछ तर सामाजिक सुरक्षाका लागि अहिलेसम्म सडकमा ट्राफिक प्रहरीको दिवा ड्यूटी बाहेक केही व्यवस्था रहेको थिएन। यसै विषयलाई मध्यनजर गर्दै ४ नं वडा कार्यालयले सामाजिक सुरक्षालाई बढावा दिन प्रविधिको प्रयोगको रुपमा सिसी क्यामेराको जडान गरेको हो।

 

उक्त सिसी क्यामेरालाई वडाको प्रमुख बजारक्षेत्र तथा मानिसहरूका आवतजावत बढी हुने क्षेत्र लालबाजार चोकलाई महत्त्वपूर्ण स्थान मानी कालाबजारी चोकमा एक थान सीसी क्यामेरा जडान गरिएको छ भने वडा कार्यालय अगाडि मानिसको चहल पहल कम हुने र वस्ती पनि नभएको ठाउँमा एक थान सीसी क्यामेरा जडान गरिएको हो। त्यसैगरी जनता नमुना मावि गुरुङ्गचौरी अगाडिको सडकमा विद्यार्थीहरूका आवात जावत बढी हुने भएकाले त्यस क्षेत्रको सामाजिक सुरक्षालाई मध्यनजर गर्दै सिसी क्यामर जडान गरिएको हो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *