उदयपुर,असार २२.बेलका नगरपालिकाले यस वर्षको कक्षा १० र कक्षा ८ को परिक्षामा सर्वोत्कृष्ट अंक ल्याई उत्तीर्ण गर्ने छात्रा छात्रहरुलाई तथा विद्यालयका प्रधानाध्यापकहरुलाई आइतबार एक सम्मान कार्यक्रम आयोजना गरी सम्मान गरेको छ।
नगरपालिकाले ४ जीपीए ल्याई बेलाकाको एसइइ टप गरेकी रेखा शाहलाई प्रमाण पत्र तथा नगदी खाम प्रदान गर्दै सम्मान गरेको होबे। बेलका ०४ स्थित रहेको नर्थ स्टार इङ्गलिस बोर्डिंग स्कुलकी छात्रा शाह उदयपुर भरी ४ जीपीए ल्याउने जम्मा ५ जना विद्यार्थीहरुमध्येका एक हुन्। त्यसैगरी प्रमाण पत्र र नगदि खामसहित आधारभूत तह कक्षा ८ को टप्पर रामपुर पब्लिक एकेडेमीका विद्यार्थी आयुषा श्रेष्ठ र छात्रहरुमध्ये उत्कृष्ट नतिजा ल्याउने सोहि विद्यालयकै रायन तामाङ्ग सम्मानित हुनुभएको हो। त्यसैगरी कक्षा ८ मा सामुदायिक विद्यालयहरुमध्ये उत्कृष्ट नतिजा ल्याउन सफल जनता नमुना मावि गुरुङ्गचौरीका छात्रा सिमन गुरुङ्ग र छात्रतर्फबाट सोहि विद्यालायकै विश्वराज विश्वकर्मा प्रमाण पत्र र नगदी खामसहित सम्मानित हुनुभएको हो।.नगरपालिकाले यसपटक शतप्रतिशत नतिजा ल्याउन सफल विद्यालयहरुलाई तथा विद्यालयका प्रधानाध्यापक ज्यूहरुलाई समेत सम्मान गरेको छ।
नगर प्रमुख अशोक कार्की, उप–प्रमुख जिरा राई,प्रमुख प्रशासकीय अधिकृत रविकिरण आचार्य ,नगरप्रवक्ता एवं वडा नं ३ का वडा अध्यक्ष टंक प्रसाद आचार्य ,वडा नं ४ का वडा अध्यक्ष तिर्थराज अधिकारी ,शिक्षा शाखा प्रमुख हरि प्रसाद कटेल विद्यालय प्रतिनिधि र शिक्षकहरू जनता नमुना मा.वि., गुरुङचौरीका व्यवस्थापन समिति अध्यक्ष मनोज तामाङ , प्र.अ. सम्मर बहादुर राई ,जनता मा.वि., लामिडाडाका प्र.अ. भक्त बहादुर राई,रामपुर पब्लिक एकेडेमीका प्र.अ. ललित राई साथै बाल विद्या इङ्लिस बोर्डिङ स्कुलका संस्थापक बालजित राई, लिटिल हेवन इङ्लिस बोर्डिङ स्कुलकी प्र.अ. सर्मिला न्यौपाने उपस्थित यस कार्यर्क्रममा बेलका नगरपालिकाको शिक्षा क्षेत्रमा गरिएको सकारात्मक पहलकदमी र उत्कृष्ट कार्य सम्पादनलाई सम्मान गर्न आयोजित यस कार्यक्रममा, सहभागिहरूले यस्तो सम्मानले अझ प्रेरणा र जिम्मेवारी थपिएको बताएका थिए।